काठमाडौं । सांसदहरूले बैंकर र व्यवसायी छुट्याउने गरी कानुन बनाउने हो भने उनीहरूका लागि केही समय दिनुपर्ने बताएका छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि बिहिबार अर्थ समितिमा भएको छलफलमा सांसदहरूले बैंकर बन्ने कि व्यवसायी भनेर केही समय दिनुपर्ने बताएका हुन् ।
यो विधेयकले एकै व्यक्तिले बैंक र व्यवसायमा लगानी गर्न रोक लगाउन लागेको छ । बैंकर र व्यवसायी एकै हुँदा निश्चित व्यक्तिले मात्रै ऋण चलाएको गुनासो आएपछि नयाँ व्यवस्था गर्न लागिएको हो । तर सांसदहरूले यस्तो प्रावधान राख्ने बेलामा व्यवसायीलाई निश्चित समय दिनुपर्ने तर्क गरेका हुन् ।
व्यवसायीलाई समय नदिई यस्तो प्रावधान ल्याउँदा समस्या हुन सक्ने सांसदहरूको आकलन छ ।