तेस्रो त्रैमासिकमा जीडीपी ४.४ प्रतिशतले बढ्यो

असार २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
तेस्रो त्रैमासिकमा जीडीपी ४.४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन ४.४ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत वर्षको तुलनामा यो वर्षको तेस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि भएको हो । 

गत वर्षको यही अवधिमा कुल गार्हस्थ्य उत्पादन २.२ प्रतिशत थियो । यो अवधिमा विद्युत् उत्पादन तथा वितरण, निर्माण, वित्तीय तथा बीमा क्षेत्र, खानी तथा खनिज पदार्थ उत्खनन लगायतका क्षेत्रमा भएको वृद्धिका कारण कुल गाहर्स्थ्य उत्पादनमा वृद्धि भएको हो । 

समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्र सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान छ । यस अवधिमा कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३.२ बाट बढेर ३.६ प्रतिशत भएको छ । 

गत वर्ष ऋणात्मक रहेको खानी क्षेत्रको वृद्धिदर ६.७ रहेको छ । त्यस्तै गत वर्ष ऋणात्मक रहेको औद्योगिक क्षेत्रको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.