बाफियामा व्यापक सुधारको खाँचो छ: ज्ञानेन्द्रबहादुर कार्की

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाफियामा व्यापक सुधारको खाँचो छ: ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार-हतारमा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद् परिणाम नआउने बताउनुभएको छ ।

बिहीबारको अर्थ समितिमा भएको बाफियासम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताउनुभएको हो । 

सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रूपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ । उहाँकाअनुसार मुलुकको अर्थतन्त्र कृषिमा आधारित छ । चामललाई आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं भन्नेबारे सोच्नुपर्ने उहाँले बताउनुभएकाे छ  ।

सांसद कार्कीले भन्नुभयो, ‘बाफियामा व्यापाक सुधार गरेर गर्नुपर्छ । जसले मुलुकको सुस्त रूपमा रहेको अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ । न्युन स्तरका कृषक, स्टार्टअपलाई कर्जा दिएर कसरी दिन सकिन्छ यसबारे सोच्नुपर्छ । गभर्नरसहित अर्थमन्त्रीलाई राखेर आवशिय कार्यक्रम राखेर बाफिया विधेयकमा छलफल गर्नुपर्छ । बैंकमाथि जनताको भरोसा बढेर जानुपर्छ । यसमा ह्रास आयो भने राज्य फेल हुन्छ । बैंकमा तरलता छ तर कुनै व्यवसायी पैसा लिएर व्यवसायमा लगानी गर्न हिच्कीएका छन । जबसम्म उद्यमी व्यवसायीले पैसा लिने वातावरण लिदैनन् । तबसम्म अर्थतन्त्र बलियो हुन सक्दैन ।’

उहाँले ऋण लिन अहिले पनि जनतालाई सहजता नरहेको बताउनु भयो । सांसद कार्कीकाअनुसार एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको छ । धितोका नाममा धेरै दुःख दिने काम भइरहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.