काठमाडौं । भारतको चर्चित अडियो वेयरेबल ब्रान्ड 'बोट'ले नेपालमा आगमनको घोषणा गरेको छ ।
यसअघि देखि नै यहाँ सामग्री बेच्दै आएको भए पनि कम्पनीले मंगलबार मात्रै औपचारिक आगमनको घोषणा गरेको हो ।
‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक गर्दै आगमनको घोषणा गरेको हो । कम्पनीकाअनुसार उच्च प्रदर्शन क्षमतायुक्त एएनसी युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।
बोटका सहसंस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले नेपाल सधैं विशेष रहँदै आएको बताएका छन् । कम्पनीको प्रिमियम ‘निर्भाना’ सिरिजको सुरूवातसँगै आजको जीवनशैलीअनुसारको आवश्यकतालाई सम्बोधन गर्ने उच्च गुणस्तरीय र डिजाइन-मुखी अडियो अनुभव प्रदान गर्ने प्रतिबद्धता उनले जनाए ।