भन्सार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

असार १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
भन्सार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट भन्सार विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ ।

सभाको बुधबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्ण्नुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताउनु भयो । 

उहाँले भन्सार सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । विधेयकले कानूको रूप लिएर कार्यान्वयन गइसकेपछि अनुभवका आधारमा आवश्यक परिमार्जन गरिने अर्थमन्त्री पौडेलको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.