दाङ । असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट सार्वजनिक गरेको लुम्बिनी प्रदेशको बजेटमाथिको छलफल बुधबार पनि जारी रह्यो ।
दिउँसो १२ बजेबाट सुरू भएको बैठकमा २६ जना प्रदेश सभा सदस्यहरूले बजेटमाथिको छलफलमा भाग लिएका थिए । प्रतिपक्षले बजेटमाथि आलोचना टिप्पणी गरे पनि सत्तारूढ दलका सांसदहरूले बजेटको प्रतिरक्षामा धारणा राखेका थिए ।
छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले कजेटमा भएका त्रुटीहरू सरकारले सच्याउनु पर्ने र श्रोत सुनिश्चित गरी प्रदेश सरकारले ल्याएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन् ।
निति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिने भनिए पनि बजेटमा त्यसो नभएको भन्दै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका थिए । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट कुनै हावादारी आधारमा नभई वैज्ञानिक विश्लेषण, आवश्यकता र औचित्यमाथि आधारित भएर ल्याइएको दाबी गर्नु भयो ।
केही प्रदेश सभा सदस्यहरूबाट आएका आलोचनाप्रति प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गम्भीर रूपमा छुटेका योजनाहरू समेट्दै अघि बढ्ने प्रतिवद्धता दोहोर्याउनुभयो ।
हिजोको बैठक बहिस्कार गरेको माओवादीले आज भने छलफलमा सहभागी भएको थियो । लुम्बिनी प्रदेश सरकारले बजेटमा बदमासी भएको भन्दै प्रमुख प्रतिपक्षी माओवादी, राप्रपा, जनमोर्चा र एकिकृत समाजवादीले हिजोकाे बैठक बहिस्कार गरेका थिए ।
प्रतिपक्षी बेञ्चमा कोही पनि नभएपछि लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्दै लोकतान्त्रीक समाजवादी पार्टि लोसपा प्रतिपक्षी बेञ्चमा बसेपछि बैठक चलेको थियो ।
असार १ गते आर्थिक वर्ष २०८२/०८३का लागि ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक गरेको लुम्बिनी प्रदखेशको बजेट आजै पास गर्ने तयारी सरकारको छ । १ बजे सुरू भएको बैठक ५ घण्टा चलेर सकिएको छ भने अर्को बैठक आजै साँझ साढे ६ बजे बस्ने तय भएको छ ।