सुदूरपश्चिम सरकारको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित, छलफलमा सत्तापक्षबाटै बजेटको चर्को आलोचना

असार १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम सरकारको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित, छलफलमा सत्तापक्षबाटै बजेटको चर्को आलोचना

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित बजेटलाई सर्वसम्मतिले पारित गरेको हो । 

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित आगामी आर्थिक वर्षको बजेट सदनबाट पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । 

आगामी आर्थिक वर्षका लागि सरकारले ३३ अर्ब ४७ करोड ६० लाख अनुमानित बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ १० अर्ब २० करोड ८१ लाख अर्थात ३०.४९ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड अर्थात् ५९.२५ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

यसैगरी, अन्तरवित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख -१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमाथि चार दिनसम्मको छलफल गरिएको थियो । छलफलमा सहभागी सत्ता र प्रतिपक्षका सांसद्हरूले बजेटको चर्को आलोचना गरेका गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.