
जनकपुर । मधेश प्रदेश सरकारको बजेटमाथिको छलफल स्थगित भएको छ ।
बिहीबार १ बजेका लागि आहृवान भएको प्रदेश सभा बैठक मध्यान्ह १२ बजे सूचना जारी गरी अनिश्चितकालका लागि स्थगन गरेको जानकारी गराइएको हो ।
बजेटमाथि छलफलका लागि पहिलो दिनको बैठक सुरू हुनुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर असार २२ गतेसम्मका लागि कार्यसूची तय भएपनि सभामुखले अचानक बैठक अनिश्चितकालका लागि स्थगित गरेर सरकारको कठपुतली बनेको विपक्षी दलहरूले आरोप लगाएका छन् ।