काठमाडौं । आन्तरिक रोजगार प्रवर्द्धन गर्ने उद्देश्यसहित ललितपुर महानगरपालिकाले रोजगार पोर्टल सञ्चालनमा ल्याएको छ ।
रोजगारीको खोजिमा रहेका नगरवासीको सहजताका लागि महानगरपालिले डिजिटल करिअर सर्भिस नामक सफ्टवेयर सञ्चालनमा ल्याएको हो ।
महानगरभित्र बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूहकाले यो पोर्टमा गएर आफ्नो विवरण भर्न सक्ने छन् । विवरणका आधारमा रोजगादाताले आवश्यकताअनुसार रोजगारी उपलब्ध गराउने छन् ।