काठमाडौं । गत आर्थिक वर्षको ११ महिनामा १३ अर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रूपैयाँ व्यापार घाटा थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रूपैयाँको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव १५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रूपैयाँको वस्तु आयात भएको थियो । गत आर्थिक वर्ष १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रूपैयाँको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रूपैयाँको वस्तु निर्यात भएको छ ।
निर्यात बढे पनि आयातको तुलनामा निर्यात न्युन हुँदा ब्यापार घाटा बढ्न गएको हो ।