रूपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग सञ्चालन, १० हजार किसानसँग सहकार्य

असार ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग सञ्चालन, १० हजार किसानसँग सहकार्य

काठमाडौं । आयात प्रतिस्थापनसँगै निर्यातसमेत गर्ने उद्देश्यले २ अर्बभन्दा बढीको लागतमा रूपन्देहीमा आलुका परिकारहरूको उत्पादन सुरू भएको छ । दश हजारभन्दा धेरै किसानसँग सहकार्य गरेर फस्ट च्वाइस फुड प्रालिले फ्रेन्च फ्राई उद्योग सञ्चालनमा ल्याएको हो ।

उद्योगले यस वर्ष १० हजार भन्दाबढी किसानले उत्पादन गरेको २ हजार टन आलु खरिद गरेर फ्रेन्च फ्राई उत्पादन सुरू भैसकेको जनाएको छ । नेदरल्यान्डबाट आलुको बिउ ल्याएर किसानलाई वितरण गरी आलुबाट व्यवसायिक रूपमा फ्रेन्चफाई उत्पादन थालेको हो । 

उत्पादित फ्रेन्च फ्राई नेपालका ४ सय भन्दाबढी होटेल तथा रेस्टुरेन्टमा बिक्री वितरण भइरहेको छ । यस्तै भारत, मलेसिया, यूएईलगायका देशमा निर्यात भइरहेको छ भने निकट भविष्यमा अमेरिकमा समेत पठाउने तयारी छ।

५ विगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा एक सयभन्दा बढीले रोजगारी पाएका छन् । उद्योगसँग १९ जिल्लाका किसान प्रत्यक्ष रूपमा आवद्ध छन् । कम्पनीले कैलाली, सिन्धुपाल्चोक, अर्घाखाँची, प्युठान, गुल्मी, दाङ, बर्दिया, कपिलवस्तुलगायतका जिल्लामा आलु उत्पादनको वैज्ञानिक अनुसन्धान र प्रविधि विस्तार कार्यक्रम सञ्चालन गरिरहेका छ ।

कम्पनीले किसानलाई बिउ, मल, तालिमलगायतका सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । किसानले उत्पादन गरेको आलु खेतमै पुगेर खरिद गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.