दिवाकर गोल्छा अर्गनाइजेशनले सौर्य ऊर्जाबाट विद्युत उत्पादन गर्ने

असार ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
दिवाकर गोल्छा अर्गनाइजेशनले सौर्य ऊर्जाबाट विद्युत उत्पादन गर्ने

काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेशनले गोल्छा ग्रिन इनर्जीमार्फत नेपालमा सौर्य उर्जाबाट विद्युत उत्पादन गर्ने भएको छ ।

विद्युतीय उर्जा जस्तै सौर्य उर्जाको पनि नेपालमा ठूलो सम्भावना रहेकोले गोल्छा ग्रिन इनर्जीले भारतमा ४ सय सौर्य आयोजना बनाएको केएसएल क्लिनटेक लिमिटेडको प्राविधिक सहयोगमा नेपाल सौर्य उर्जामार्फत विद्युत उत्पादन गर्ने भएको हो ।

नेपालमा सौर्य उर्जाको प्रचुर सम्भार रहेकोले नेपाल विद्युत प्राधिकरणले विभिन्न कम्पनीलाई ९ सय मेगावाट विद्युत उत्पादनको अनुमति दिईसकेको छ । तर आयोजना निमार्ण गर्ने कम्पनीको कमीले अहिलेसम्म परियोजना अगाडी बढ्न सकेका छैनन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.