‘बजेट कम विनियोजन हुँदा चालु आयोजनाले गति लिएन’

असार २, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘बजेट कम विनियोजन हुँदा चालु आयोजनाले गति लिएन’

काठमाडौं । सांसद तथा विज्ञहरूले चालु रहेका आयोजनामा बजेट विनियोजन कम हुँदा आयोजनाले गति नलिएको बताएका छन् । नेपालमा पूर्वाधार विकास तथा संसदीय निगरानी विषय अन्तर्क्रियामा पूर्वसचिव किशोर थापाले विद्युत्‌मा जस्तै पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने बताउनुभयो । 

अहिले सञ्चालनमा रहेका आयोजना सक्न २० खर्ब रुपैयाँ चाहिने भए पनि सरकारले ३ खर्ब मात्र विनियोजन गरेकाले त्यस्ता आयोजना पूरा हुन नसक्ने दाबी गर्नुभयो । निजी क्षेत्रलाई सहभागी गराएर आयोजनाहरू अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सांसदहरूले पनि विकास आयोजनाको निगरानीमा कमजोरी भएको बताएका थिए । उनीहरूले चालु आयोजना सकेर मात्र नयाँ कार्यक्रम ल्याउनुपर्ने देखिएकाले यस्ता विषयमा राष्ट्रिय नीति नै बनाउन सुझाव दिए ।

सांसदहरूले आउँदो आर्थिक वर्षको बजेट सन्तुलित नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.