
रौतहट । रौतहटमा शान्तिपूर्ण मतदान जारी छ ।
अघि बिहान ११ बजेर २० बजेसम्ममा जिल्लाका ४ वटै क्षेत्रमा गरी ३१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । रौतहटमा कुल चार लाख ३६ हजार ६११ मतदाता छन् । जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ४१ मतदान केन्द्र र २७७ मतदान स्थल कायम गरिएका छन् । २७७ मतदान स्थल मध्ये १५२ स्थल अतिसंवेदनशीलको सूची छन् । जिल्लाभरमा निकै उत्साह र शान्तिपूर्ण ढंगले मतदान जारी रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो ।