माथिल्लो डोल्पामा अझै मतदान सुरु भएन

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
माथिल्लो डोल्पामा अझै मतदान सुरु भएन

डोल्पा- माथिल्लो डोल्पाको ५ मतदान केन्द्रमा अझै मतदान सुरु भएको छैन । 

मुख्य निर्वाचन कार्यालय डोल्पाका अनुसार अहिलेसम्म सञ्चार सम्पर्क नहुँदा मतदान भए-नभएको कुनै जानकारी नभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार अहिलेसम्म शे-फोक्सुन्डो गाउँपालिका ७ कु गाउँमा मतदान सुरु नभएको तर अबको केही मिनेटमा सुरु हुने बताउनु भयो । उहाँका अनुसार डोल्पामा २१ प्रतिशत मत खसिसकेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.