दाङका ३ मतदान केन्द्रमा शून्य मतदान

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
दाङका ३ मतदान केन्द्रमा शून्य मतदान

दाङ- दाङका ३ मतदान केन्द्रमा शून्य मतदानका ३ वटा मतदान केन्द्रमा अहिलेसम्म मतदान शून्य भएको छ । 

बाँके राष्ट्रिय निकुञ्जको मध्येवर्ति क्षेत्रमा पर्ने बबई गाउँ पालिकाकाे वडा नम्बर १ मा ६८६ मतदाता रहेको जिला मतदान केन्द्र, वडा नम्बर ७ मा ५३० मतदाता रहेको मलैखाेला मतदान केन्द्र र दङ्गीशरण गाउँ पालिकाकाे वडा नम्बर १ मा ७५६ मतदाता रहेको काैवाघारी मतदान केन्द्रमा अहिलेसम्म शून्य मतदान रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र वकरले जानकारी दिनु भएको छ । मतदान अधिकृतकाे कर्मचारी र सुरक्षाकर्मी सहितको टाेलि १८ गते नै त्यहाँ पुगेर निर्वाचनकाे तयारी गरेपनि अहिलेसम्म कुनै पनि मतदाता मतदान गर्न आएका छैनन् । 

दाङको क्षेत्र नम्बर ३ मा रहेको बाँके राष्ट्रिय निकुञ्जकाे मध्यबर्ती क्षेत्रका वासिन्दाहरुले जंगली जनावरको आतंकका कारण आफुहरुकाे बस्ती स्थानान्तरण गर्नु पर्ने माग गर्दै आएका छन् । गत २०७९ काे निर्वाचनमा पनि मतदान नगर्ने अडान लिएका यहाँका मतदाताहरु नेताहरूकाे आस्वाशन पछि मतदानमा सहभागी भएका थिए । आफुहरुका माग सुनुवाइ नभएको भन्दै अहिलेकाे निर्वाचनमा शून्य मतदान गराउने सामुहिक निर्णय अनुसार मतदानमा सहभागी नभएकाे बबई गाउँ पालिका ७ का वडा सदस्य चन्द्रबहादुर राङुमगरले जानकारी दिनु भएको छ । 

मध्यवर्ति क्षेत्रमा पर्ने दङ्गीशरण गाउँ पालिकाकाे वडा नम्बर १ काे दुई मतदान केन्द्र रहेको काैवाघारी क मतदान केन्द्रमा मतदान भएको छ भने ख केन्द्रमा अहिलेसम्म मतदान शून्य रहेको छ । मध्ये वर्ति क्षेत्र वडा नम्बर १ फुर्केसल्लीका नागरिकको ख मतदान केन्द्रमा मतदाता नामावली रहेको थियोे भने ७५६ मतदाता रहेका छन् ।

दाङका दुई अस्थायी सहित ४८४ मतदान केन्द्र मध्ये ४८१ मतदान केन्द्रमा भने शान्त पुर्ण वातावरणमा मतदान चलिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.