
दाेलखा- दाेलखाकाे गाैरीशंकर गाउँपालिका-९ बेदिङका मतदाताले मतदान बहिस्कार गरेकाछन् ।
बेदिङमा काेही पनि उमेदवार मत माग्न नपुगेकाे र बेदिङकाे गुनासाे नसुनेकाे भन्दै मतदाताले मतदान बहिस्कार गरेका हुन् । बिहान १० बजेर ४५ मिनेट जाँदासम्म काेही पनि मतदाता मत खसाल्न नआएको मतदानमा खटिएका एक कर्मचारीले बताए । आराेहीहरूकाे गाउँले परिचित बेदिङमा १ सय ३३ मतदाता रहेकाछन् ।