एलपी ग्यासको कृत्रिम अभावबारे सरकारमाथि प्रश्न

चैत्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
एलपी ग्यासको कृत्रिम अभावबारे सरकारमाथि प्रश्न

झापा । कालोबजारी र अखाद्य वस्तुको बिक्रीवितरण नियन्त्रणका लागि सचेतना जगाउन झापाका उपभोक्ता अधिकारकर्मीहरूले सरकारी र निजी क्षेत्र सक्रिय हुनुपर्नेमा जोड दिएका छन्। 

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आइतबार उनीहरूले बजारमा कायम एलपी ग्यासको कृत्रिम अभावप्रति बेखबर बनेको सरकारले ग्यास अभाव नभएको दाबी गर्दै आधा सिलिन्डर ग्यास बाँडेर उल्टै कालोबजारीहरूकै पक्षपोषण गरेको आरोप लगाएका छन्। 

उपभोक्ता अधिकार जागरण अभियान र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रियामा सहभागीहरूले पनि सीमा क्षेत्रमा भैरहेको अखाद्य वस्तुको बिक्री वितरणमा बेवास्ता बढेको गुनासो गरेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.