
नवलपरासी । पूर्वी नवलपरासीका किसानलाई अहिले हिउँदे अर्थात् चैते धान रोप्ने चटारो छ।
सरकारले चैते धान खेती प्रवर्द्धन कार्यक्रम लागू गरेपछि बर्खे धानको तुलनामा चैते-हिउँदे धानको उत्पादन पनि बढी हुने र अनुदान पनि पाइने भएपछि जिल्लाका देवचुली, गैडाकोट, कावासोती, मध्यबिन्दु नगरपालिका तथा विनयीत्रिवेणी गाउँपालिकाका किसानहरु विगत ५ वर्षदेखि चैते धानतर्फ आकर्षित भएका हुन्।
कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालका अनुसार गतवर्ष १ हजार २ सय हेक्टर क्षेत्रफलमा ७ हजार ८ सय ५३ मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष ५० हेक्टर क्षेत्रफल बढ्ने अनुमान गरिएको छ।