काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय १५ सय १७ अमेरिकी डलर पुगेको छ ।
प्रतिनिधिसभा बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रतिव्यक्ति आय बढेर १५ सय १७ डलर पुगेको जानकारी दिनुभएको हो । तथ्यांक विभागले २०८१ वैशाखमा सार्वजनिक गरेको तथ्यांकमा नेपालीको प्रतिव्यक्ति आय १४ सय ५६ डलर रहेको उल्लेख थियो ।
यस्तै देशको कुल अर्थतन्त्र ६१ खर्ब ७ अर्ब पुगेको छ भने चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर ४ दशमलब छ-एक प्रतिशत रहने अनुमान छ । जसमा मधेस, कोसी र सुदूरपश्चिमबाहेकको आर्थिक वृद्धि ४ दशमलव छ-एक प्रतिशतभन्दा बढी रहने उल्लेख गरिएको छ ।
देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव एक-छ र उद्योगको १२.८३ प्रतिशत रहेको छ । यस्तै कुल सेवा क्षेत्रको योगदान ६१ प्रतिशत रहेको छ ।