वैदेशिक रोजगारीमा जानेहरूका लागि एकै दिनमा श्रम स्वीकृति

जेष्ठ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैदेशिक रोजगारीमा जानेहरूका लागि एकै दिनमा श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूका लागि एकै दिनमा श्रम स्वीकृति दिने तयारी भएको छ । वैदेशिक रोजगार विभागले आज पत्रकार सम्मेलन गरी सोमबारदेखि एकै कार्यदिनमा श्रम स्वीकृति दिने जानकारी दिएको हो । 

यसका लागि वैदेशिक रोजगार सूचना प्रणालीको क्षमता विकास गरिएको छ । अहिले वैदेशिक रोजगार विभागमा दैनिक १५ देखि १८ सय युवाले श्रम स्वीकृति लिने गरेका छन् । विभागको सफ्टवेयरले राम्रोसँग काम नगर्दा आलोचना हुने गरेको थियो ।

विभागले वैदेशिक रोजगारीमा अनधिकृत व्यक्ति तथा संस्थाको संलग्नता समेत रोक लगाउने बताएको छ । शैक्षिक परामर्शदाता, गेस्ट हाउस तथा ट्राभल एजेन्सीले कानुनविपरीत वैदेशिक रोजगारीमा श्रमिक पठाएको उजुरी विभागमा पर्ने गरेका छन् । 

वैदेशिक रोजगारीका ठगीका करिब ४३ सय उजुरी फर्स्योट प्राथमिकता रहेको विभागका अधिकारीहरूको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.