मन्त्रिपरिषद्को बैठक : नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने

संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि छलफल हुने
वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद्को बैठक : नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (आव ०८२/८३) वैशाख १९ गते ल्याउने भएको छ।

सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने निर्णय गरेको हो । 

सरकारको नीति तथा कार्यक्रम संघिय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा वाचन गरेर सार्वजनिक गर्ने संबैधानिक व्यवस्था रहेको छ। 

मन्त्रि परिषद्को बैठकले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्न राष्ट्रपति समक्ष सिफारिस अनुरोध गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो । 

गएको १२ गते बोलाइएको संघीय संसद्को दुवै सदनको अधिवेशनमा परम्परा तोड्दै सरकारले बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल नगरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि छलफल हुनेछ। संघिय संसद्को दुवै सदनमा अलग-अलग छलफल हुनेछ। करिब एक साता छलफल गरे पछि नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते जवाफ दिने कार्यतालिका बनाइएको छ। 

यस्तै बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा वैशाख २८ गते नै प्रस्तुत गरिने छ । बजेटको सिद्धान्त र प्राथमिकतामाथि वैशाख ३० देखि छलफल गर्ने कार्य तालिका छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.