सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रूपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरू काँग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख उहाँले शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भिर हुन जरूरी रहेको बताउनु भयो । 

उहाँले शिक्षकहरूका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘शिक्षक नेपाली काँग्रेस, एमाले र माओवादीका मात्र होइनन् सम्पूर्ण देशका हुन् र सबैलाई पढाउने शिक्षक हुन् । उहाँहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा जुलुस निकाल्ने, पानीको फोहोरा खुवाउने र गीत गाउने रुपमा व्यवस्थापन नगरियोस् । तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गरियोस् । उहाँका मागहरु सम्बोधन गर्नतिर सरकार लोगस् । र नवनियुक्त शिक्षामन्त्रीले यहाँ आएर त्यसको जवाफ दिने वातावरण सिर्जना होस् ।’

उहाँले गभर्नर नियुक्त नभएर अर्थतन्त्रमा परेको असरबारे व्याख्या गर्नै नसक्ने स्थिति सिर्जना भएको बताउनु भयो । उहाँले सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गर्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.