राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुर्व्यवहार गरिएको भन्दै रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुर्व्यवहार गरिएको भन्दै रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभएपनि राज्यले उनीहरूमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताउनु भयो । 

उहाँले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गर्नुभयो । उहाँले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाए हिरासतमा पुर्‍याएको भन्दै प्रधानमन्त्रीले स्वीकार गरिसेको भन्दै आइन्दा कोही पनि विवाद गर्न नआउन उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला । तर उहाँमाथि राज्यले गरिराखेको दुव्र्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाए हिरासतमा पुर्‍याए । उहाँलाई धन्यावाद छ स्वीकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला । ’

आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको रु भन्दै उहाँले प्रश्न गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.