एशियामा कम आय भएका अर्थतन्त्रहरूका लागि जोखिमको चेतावनी

वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एशियामा कम आय भएका अर्थतन्त्रहरूका लागि जोखिमको चेतावनी

काठमाडौं । चलिरहेको व्यापार तनावका कारण एशियाको वृद्धि सुस्त भइरहेको छ । आइएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले कम आय भएका एसिशाली अर्थतन्त्रहरू विशेषरूपमा प्रभावित हुनसक्ने चेतावनी दिनुभएको छ ।

गत बिहीबार आइएमएफले बढ्दो व्यापार तनावको बीचमा यस वर्ष एशिया र प्रशान्त क्षेत्रको वृद्धि ३.९ प्रतिशतमा झर्ने अनुमान गरेको थियो । जुन अघिल्लो प्रक्षेपणभन्दा ०.५ प्रतिशत बिन्दुले गिरावट हो ।

आइएमएफले एशियाको लागि आफ्नो पछिल्लो प्रक्षेपण जारी गरेपछिको अन्तर्वार्तामा श्रीनिवासनले भने ट्यारिफ, व्यापार तनाव, बढेको अनिश्चितता र वित्तीय अवस्थाको कडापनलाई डाउनग्रेडको कारण बनाइएको बताउनु भयो ।

बढ्दो अनिश्चितता, वित्तीय अवस्थाको थप कडापन र वाह्य मागको थप सुस्तता, यी सबैले क्षेत्रलाई अझ नकारात्मक रूपमा असर गर्नसक्ने उहाँले बताउनु भयो ।

आईएमएफका अधिकारीले अमेरिकी भन्सार शुल्कको खतराको सामना गर्दै साना र कम आय भएका अर्थतन्त्रहरूलाई धेरै ठूलो तरिकाले असर पर्नसक्ने बताउनु भयो ।

श्रीनिवासनले एसियाली अर्थतन्त्रहरूलाई घरेलु खपत बढाउन र घरेलु माग र निर्यात दुवैमा निर्भर हुने सन्तुलित वृद्धि मोडेल विकास गर्न प्रोत्साहित गर्नुभयो । आईएमएफ अधिकारीले क्षेत्रीय आर्थिक एकीकरणलाई मजबुत बनाउन पनि सुझाव दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.