तीन वर्षपछि जनकपुरमा लक्ष्यभन्दा बढी राजश्व संकलन

चैत्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
तीन वर्षपछि जनकपुरमा लक्ष्यभन्दा बढी राजश्व संकलन

धनुषा । आन्तरिक राजश्व कार्यालय जनकपुरले तीन वर्षपछि लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म २ अर्ब ८५ करोड ३ लाख ५१ हजार लक्ष्य रहे पनि २ अर्ब ८९ करोड ३३ लाख ९७ हजार संकलन भएको हो छ । 

फागुनमा मात्र ३३ करोड ४२ लाख ७६ हजार राखेको लक्ष्यभन्दा झन्डै ५ करोड बढी राजश्व उठाउन सफल भएको हो ।

यसका साथै छुट सुविधाको प्रचारप्रसार, बजार अनुगमन, अन्तःशुल्क प्रतिष्ठानहरूको नियमित निरीक्षण, बक्यौता र बेरुजुलाई प्राथमिकतामा राखी सेवा प्रवाहमा सुधार भएका कारण लक्ष्यभन्दा बढी राजश्व उठेको हो । आन्तरिक राजश्व कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यको ९४ प्रतिशत, २०७९/०८० मा ९३ प्रतिशत र २०८०/०८१ मा ८६ प्रतिशत मात्र राजश्व संकलन भएको थियो । मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही र बागमती प्रदेशको सिन्धुली जिल्ला आन्तरिक राजश्व कार्यालय जनकपुरको क्षेत्राधिकारभित्र छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.