काठमाडौं । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले रियल भाल्लाडोलिडलाई ४-२ गोलले पराजित गरेको छ ।
घरेलु मैदानमा गएराती भएको खेलमा एट्लेटिको तालिकाको पुच्छारमा रहेको भाल्लाडोलिडविरुद्ध १-० गोलले पछि परेको स्थितीबाट खेलमा फर्किएको थियो ।
२१औं मिनेटमा मामाडु सिलाले पेनाल्टिमा गोल गर्दै पाहुँना टिमलाई १-०को अग्रता दिलाएका थिए । तर उसको अग्रता लामो समय टिकेन् । २५औं मिनेटमा युलियन अल्भारेजले पेनाल्टिमा गोल गर्दै खेल एकको बराबरीमा पुर्याएका हुन् ।
२७औं मिनेटमा जुलियानो सिमोएनीले गोल गरेपछि एट्लेटिको खेलमा २-१ले अघि रहेको थियो । तर ५६औं मिनेटमा भाल्लाडोलिडका हाभी सान्चेजले बराबरी गोल फर्काएपछि एट्लेटिको पुन स्तब्ध बनेको थियो ।
यद्यपि ७१औं मिनेटमा अल्भारेजले प्राप्त पेनाल्टिलाई गोलमा परिणत गरेपछि डिएगो सिमोयानीको टिमलाई राहत मिल्यो । ७९औं मिनेटमा अलेजान्द्र सोलोथको गोल संथै एट्लेटिकोले ४-२को नतिजाका साथ खेल टुंग्यायो ।
तालिकाको तेस्रो स्थानमा रहेको एट्लेटिकाको ३१ खेलबाट ६३ अंक छ । भाल्लाडोलिड १६ अंक जोड्दै अन्तिम स्थानमा छ ।