आजका मुख्य समाचार,
* डोल्पाको दुनैदेखि मरिम नाकासम्मको १ सय १० किलोमिटर सडक विस्तार दुई दशकदेखि अलपत्र / सुर्खेत-भुरीगाउँ–तेलपानी सडकमा पर्ने रानीघाट पुल पनि डेढ दशकसम्म बनेन ।
* नयाँ वर्षको पूर्वसन्ध्यामा देशभरका मुख्य पर्यटकीय गन्तव्य भरिभराउ / होटल बुकिङ ९० प्रतिशतसम्म / स्थानीय तह पनि नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेर प्रचार गर्दै ।
* २०८१ सालभर सरकार गठन-विघटनमै अलमलिए संघीय संसददेखि प्रदेशसभा / संघीयता कार्यान्वयनसम्बन्धी कानुन बन्नै सकेनन् / सरकारलाई जवाफदेही बनाउने भूमिका पनि कमजोर ।
* सरकारले चलाएका ४४ मध्ये १५ सार्वजनिक संस्थान घाटामा / सञ्चित नोक्सानी ५१ अर्ब पुग्यो / चल्नै नसकेका ५ संस्थान खारेज गर्न आर्थिक सुधार आयोगको सुझाव ।
* इन्डियन प्रिमियर लिग-आईपीएलमा गुजरात टाइटन्सको अपराजित यात्रामा पूर्णविराम / लखनउ सुपर जायन्ट्स ६ विकेटले विजयी / पञ्जाब र हैदरावादबीचको खेल जारी ।