धादिङ । बजारमा तरकारीले उचित मुल्य नपाएको भन्दै व्यवसायीक तरकारी खेति गर्दै आएका धादिङका किसानले बजार लैजाने बेलाको बन्दा काटेर फालेका छन् ।
प्रतिकिलो तीन रूपैयाँमा पनि बन्दा विक्री नभएपछि निराश बनेका किसानले सयौं रोपनी क्षेत्रफलमा लगाएको बन्दा काटेर फालेका हुन् । संघीय राजधानी काठमाडौंलाई ३३ प्रतिशत तरकारी निर्यात गर्ने धादिङको गजुरीका मात्रै होइन जिल्लाको अधिकांश स्थानका किसान वजार र मूल्य नपाएर समस्यामा छन् ।
पृथ्वीराजमार्गको छेवैमा धादिङको गजुरी नजिक त्रिशुली किनारमा जताततै काटेर फालिएका बन्दाका चाङ देखिन्छ । वजार नपाएपछि बन्दा काटेर धान रोप्ने तयारीमा छन् किसानहरु ।
दुई रोपनी आफ्नै खेत र ६ रोपनि अदियाा गरेर बन्दा खेति गर्नुभएकी धादिङ गजुरीकी ७४ वषिर्या गोमा श्रेष्ठ छिमेकी खेतका सबैले बन्दा फााडेर फालि सक्दा अझै पनि आफुले उत्पादन गरेको बन्दा बजार पठाउन पाईन्छ कि भनेर कुरीरहनुभएको छ ।
वृद्ध श्रीमानको सहायतामा बर्षौदेखि तरकारी खेती गर्दै आउनु भएकी गोमा बन्दा बजार पठाउन पाए मलको लगानी भएपनि उठाउने आशामा हुनुहुन्छ ।
विगतको वर्षमा बन्दाबाट मात्र २ लाखसम्म आम्दानी लिएका किसान यो पटक प्रतिकिलो ५ रुपैयाामा पनि बन्दा बेच्न नसकिएपछि खेतमा रहेको बन्दा काटेर फाल्न बाध्य छन् ।
आफ्नो पारिश्रम बाहेक नै ६० हजार खर्च भएको बताएका किसानले मुश्किलले ७ हजार आम्दानी गरेको सुनाए । खेती गर्ने बेला न समयमा मल र विउ पाईन्छ न उत्पादन गरेको तरकारीले बजार नै अनि कसरी पाउनु प्रतिफल ? सरकार किसानका प्रति गंभिर नबन्दा किसानले सधै मर्कामा पर्ने गरेका छन् उनीहरुको गुनासो छ ।
तरकारीले वजार नपाएपछि अहिले यस भेकका किसानले खेतमा लगाएको तरकारी मासेर चैते धान रोप्ने तयारी गरिरहेका छन् । बन्दा मात्र होइन बजारको उचित व्यवस्थापन नहुादा किसानले लगाएको अन्य तरकारीको पनि बजार छैन ।
नेपालमा हरेक वर्ष करिव ३५ अर्व रुपैयााबरावरको हरियो तरकारी आयात गर्ने गरेको छ । खुलेआम रूपमा ठुलो परिणाममा तरकारी भित्रिादा नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएर बारीमा फ्याक्नु पर्ने अवस्था आउादा पनि आयात रोकी स्थानीय उत्पादनलाई वजार लैजाने कुरामा सरकारको ध्यान पुगेको छैन ।
हरेक वर्ष किसानहरु कृषिर् उपज उद्पादन गर्ने र बजार अभाव भएको भन्दै यसैगरी फाल्नुपर्ने यो नियति कहिले सम्म भोग्नुपर्ने यसतर्फ सरकार कहिले संवेदनशिल बन्ला ।