पाँचथर । गर्दा के हुँदैन र ? यसको उदाहरण पाँचथर फाल्गुनन्द ३ का प्रेम नेम्वाङ हुनुहुन्छ । ८ वर्षदेखि कोरियामा रहेका प्रेमले त्यहाँको आम्दानीले जन्मस्थलमै चिडियाखानासहितको रिसोर्ट सञ्चालन गर्नुभएको छ । कोरियाको ज्ञान र सीपसँगै आर्जित रकमले उहाँले नेपालमा रिसोर्ट खोल्नुभएको हो ।
२०६६ सालमा रोजगारीका लागि युद्वग्रस्त क्षेत्र अफगानिस्तान पुग्नुभएका प्रेम नेम्वाङले त्यहाँ ४ वर्ष बिताउनुभयो । फर्केर २ वर्ष घरमै बाख्रा पालेर बस्नुभयो । फेरि आठ वर्षअघि कोरिया जानुभयो ।
काम चिडियाखानमा पालेका वन्यजन्तु स्याहार्ने पर्यो । शुरूमा केही अप्ठेरो भए पनि त्यसमा भिज्दै जानुभयो । त्यहाँको कामले प्रमेलाई आफ्नै जन्मस्थलमा यस्तै काम गर्न पाए हुन्थ्यो भन्ने योजना फुर्यो ।
छुट्टीमा घर आाउदा श्रीमतीसाग सल्लाह गर्नुभयो । आफ्नै जग्गामा एउटा चिडियाखानासहितको रिसोर्ट खाल्नेमा नेम्बाङ दम्पतीको सल्लाह मिलेपछि मानव बस्तीभन्दा अलिक टाढा मनोरम ठाउामा तीन वर्ष लगाएर रिसोर्ट तयार भयो । मेची राजमार्गको फिदिम राँके सडक खण्डको निबु खोलादेखि ५ सय मिटर पैदल दूरीमा बत्तीसे झर्ना नजिकै नेम्वाङ दम्पतीको रिसोर्ट २०७९ सालदेखि सञ्चालनमा छ ।
घरघरैबाट युवाहरु वैदेशिक रोजगारीमा गए पनि कमाएको रेमिट्यान्स घरघडेरी जोड्ने र खाएरै सक्ने प्रवृत्तिभन्दा विपरीत प्रेमले आफ्नै ७ रोपनीमा मौलिकता झल्किने बनाएको रिर्सार्ट श्रीमती रेनुका राईले सञ्चालन गर्दैआउनुभएको छ ।
रिसोर्टमा चाहिने तरकारी, फलफूल र अन्न आफ्नै जग्गामा उब्जनी हुन्छ । रिसोर्ट राम्ररी चल्न थालेपछि घरव्यवहार र छोराछोरीको शिक्षाका लागि श्रीमानको कमाइ चलाउनु नपरेको श्रीमती रेनुका बताउानुहुन्छ ।
रिसोर्ट र चिडियाखाना प्रेमकी श्रीमतीसँगै परिवारका अरू सदस्यहरु पनि खटिन्छन् । सिजनमा दैनिक पचास हजार र अफ सिजनमा १० हजारसम्म कमाइ हुन्छ । गाउापालिकाको अनुमति लिएर चिडियाखानमा थरि थरिका जनावर र चरा चुरुङ्गी पालिएका छन । अवलोकन गर्नेले एकसय रुपैयाँ शुल्क तिर्नुपर्छ ।
गाउँमा पनि सम्भावना छ, पैसा कमाउपछि सहर नै झर्नु पर्छन भन्ने मान्यता तोड्न गरेको लगानीले प्रतिफल दिन थालेकोमा नेम्वाङ दम्पती सन्तुष्ट हुनुहुन्छ ।