चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५.१ प्रतिशतले आर्थिक बृद्धि हुने प्रक्षेपण

चैत्र १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५.१ प्रतिशतले आर्थिक बृद्धि हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासमा ५ दशमलव एक प्रतिशतले आर्थिक बृद्धि हुने तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ ।

हिजो प्रतिवेदन सार्वजनिक गर्दै यातायात क्षेत्रमा भएको वृद्धि, निर्माण क्षेत्रमा भएको वृद्धि, कृषि उत्पादनमा भएको वृद्धि र विद्युत उत्पादन तथा वितरणमा भएको बृद्धिका कारण आर्थिक बृद्धि धनात्मक रहेको तथ्यांक कार्यालयको रिपोर्टमा उल्लेख छ।

प्रथम त्रैमासिकको तुलनाम २ दशमलव दुई प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । यसअघि पहिलो त्रैमासमा ४ प्रतिशतले बृद्धि हुने कार्यालयको अनुमान रहेको थियो । सरकारले भने चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.