काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा आज उच्च गिरावट आएको छ । साताको पहिलो दिन नै आज अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०४ अंकले घटेको हो ।
१.९८ प्रतिशतले नेप्से घटेर आज २६ सय १६.२६ कायम भएको छ । ६ अर्ब ३२ करोडको कारोबार भए पनि आज शेयर बजार खुलेदेखि नै निरन्तर ओरालो देखियो ।
कुल २३० को शेयर घट्दा १३ कम्पनीको मूल्य बढ्यो । आज माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, बैंकिङ १.४७ र विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र व्यापार समूह पनि २ प्रतिशतभन्दा धेरैले घट्यो ।