‘समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेका छन्’

चैत्र १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेका छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताउनुभएको छ ।

आज ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि बिरोधीहरू सपना साकार पार्न नदिन लागिपरेको उल्लेख गर्नुभएको हो ।

उहाँले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताउनुभयो ।

प्रतिपक्षहरु कसरी आफू बच्ने, सरकार र अरुलाई बद्नाम गर्ने भन्नेमा लागेको उहाँको आरोप छ । यस्ता कुरामा अल्मलिने समय आफूलाई नभएको पनि उहाँले बताउनुभयो । देश विकासका लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा आफ्नो ध्यान रहने उहाँले जिकिर गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले ०४६ सालको परिवर्तनपछि देश तिब्र गतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधार नगरी विकास गर्न नसकिने बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.