खोटाङ । खोटाङमा ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव’ हुने भएको छ ।
खेलकुदको माध्यमबाट जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउन महोत्सव हुने भएको हो ।
‘स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको विकास गरौं’ भन्ने मूल नारासहित नेपाल खेलकुद प्रतिष्ठानको आयोजना र नेपाल सितोरियो कराते संघको संयोजनमा आगामी वैशाखदेखि महोत्सव हुन लागेको हो ।
खुल्ला राष्ट्रिय महिला, पुरुष म्याराथन, १२ वर्ष मुनिको छात्र-छात्रा दौड, ६० वर्ष माथिको पुरुष दौड, आमा (गृहणी) हरूको दौड, खुला महिला हाफ म्याराथनलगायतका खेलकुद प्रतियोगिता हुनेछन् । विजेतका लागि ७७ हजारभन्दा माथि पुरस्कार राखिएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले महोत्सव सफल बनाउन सबै क्षेत्रलाई अनुरोध गरेको छ ।