काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको र सुशासन भाषणमा मात्रै सुन्नुपरेको आरोप लगाउनु भएको छ ।
काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजनाबारे अध्ययन प्रतिवेदन सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै महानगर प्रमुख शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले बचाउने अनि सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने भन्दै रोष प्रकट गर्नुभएको हो ।
उहाँले काठमाडौं टावरबारे उठाएका विषय गलत भए आफूलाई जेल हाल्न चुनौतीसमेत दिनुभएको छ ।