संघ-सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छः मुख्यमन्त्री शाह

चैत्र १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
संघ-सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छः मुख्यमन्त्री शाह

कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमीसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने ठोकुवा गर्नुभएको छ ।

आज भूमि समस्या सामाधान आयोग कैलालीले धनगढीमा आयोजना गरेको भूमि समस्या सामाधान आयोगको कामसँग सम्बन्धित विषयमा स्थानीय तहका पदाधिकारीहरुका लागि अभिमुखीकरण तथा अन्तरिक्रया कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हो । 

उहाँले भन्नुभयो,‘प्रदेशलाई अधिकार प्राप्त हुने हो, भने यो प्रदेशको भूमीसम्बन्धी समस्या तीन वर्ष भित्र समाधान हुन्छ ।’ ‘एकैठाउँमा अधिकार भएकारण समस्या आएकाे हो,’ मुख्यमन्त्री शाहले भन्नुभयो ‘संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छ ।’

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मुख्यमन्त्री शाहले संघीय ऐन कुराहरु छन, प्रदेश ऐनका कुराहरु छन, यी सबैका बीच प्रदेश सरकार सरासर सधैका लागि यो समस्या समाधान गर्न पर्छ भन्ने हिसाबमा लागेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.