चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर

चैत्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर

काठमाडौै । चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् । अधिकांश बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

हिमालयन र नेपाल बैंकले भने ब्याज दर केही घटाएका छन् । त्यस्तै कुमारी बैंकले ब्याजदर केही बढाएको छ । यसबाहेक अन्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । 

कर्जाको माग बढ्न नसक्दा बैंकहरुले ब्याजदर बढाएका छैनन् । निश्चित सिमाभन्दा तल ब्याज दर जान नदिन राष्ट्र बैंकले ब्याज नै तिरेर प्रणालीबाट पैसा खिचेर राख्ने गरेको छ। 

यसरी लगानीयोग्य रकम धेरै बजारबाट उठाएर राष्ट्र बैंकले ब्याजदर धेरै तल जानबाट रोकेको छ। ब्याज दर निकै तल जाँदा पुँजी पलायन हुने खतरा भएकाले पनि राष्ट्र बैंकले निश्चित सिमामा राख्ने गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement