बागमती प्रदेशका सहकारी क्षेत्रमा देखिएका समस्या र अवसरका विषयमा गरिएको गोष्ठी कार्यक्रम सम्पन्न

फाल्गुन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशका सहकारी क्षेत्रमा देखिएका समस्या र अवसरका विषयमा गरिएको गोष्ठी कार्यक्रम सम्पन्न

हेटौंडा । बागमती प्रदेशका सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र अवसरको विषयमा गरिएको प्रदेश स्तरीय गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा कार्यक्रम भएको हो ।

सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका समितिका संयोजक प्रशान्त अधिकारी, प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

पछिल्लो समय बागमती प्रदेशका सहकारीमा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालयले सरोकारवालाहरुसंग गोष्ठी कार्यक्रम गरेको हो ।

प्रदेश सरकारले हालसम्म ५ वटा सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिसकेको छ ।

साविकको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड र काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । ।

अहिले सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, काठमाडौँको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड र ललितपुरको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement