अरुण नदीमा ४ वटा ठूला जलविद्युत आयोजना निर्माणाधीन

फाल्गुन २७, २०८१ |दीपेन्द्र शाक्य
अरुण नदीमा ४ वटा ठूला जलविद्युत आयोजना निर्माणाधीन

संखुवासभा । जलविद्युतको हब मानिएको संखुवासभामा एउटै नदीबाट ३ हजार ८४ मेगावाट बिजुली निकाल्नका लागि काम भइरहेको छ । भोटखोला र मकालु गाउँपालिका तथा खाादबारी नगरपालिका भएर बग्ने अरुण नदीमा अहिले ४ वटा ठूला जलविद्युत आयोजना निर्माणाधीन छन् ।

किमाथांका अरुण, माथिल्लो अरुण, अरुण तेश्रो र तल्लो अरुणबाट मात्रै ३ हजार ८४ मेगावाट विद्युत उत्पादन हुँदैछ ।

भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेश्रो आयोजनाको काम झण्डै ८० प्रतिशत सकिएको छ । अरुण तेश्रोकै मोडलमा सतलजले तल्लो अरुण ६ सय ६९ मेगावाटको निर्माणका लागि मुआब्जा वितरण गरिरहेको छ ।

गाउँमै ठूला आयोजना निर्माण भइरहादा विकासप्रेमी नागरिक आयोजना निर्माण सम्पन्न हुने पर्खाइमा छन् ।

माथिल्लो अरुण १ हजार ६३ मेगावाटको जलविद्युत आयोजनाका लागि २१ किलोमिटर लामो पहुाच मार्ग निर्माणको काम सुरु भइसकेको छ । यो आयोजना नेपाल विद्यत प्राधिकरणको स्वामित्वमा निर्माण भइरहेको छ । किमाथांका अरुणबाट ४ सय ५४ मेगावाट विजुली निस्कन्छ । यसका लागि २ सय ९० रोपनी जग्गा अधिग्रहण भइसकेको छ ।

यी आयोजनालाई मध्यनजर गरेर संखुवासभाका विभिन्न स्थानमा ३ वटा प्रशारणलाइनसमेत निर्माण भइसकेका छन् ।

संखुवासभाका सानाठूला खोलाबाट कम्तिमा ६ हजार मेगावाट बिजुली सहजै उत्पादन गर्न सकिने विज्ञहरुको दाबी छ । संखुवासभा भएर बग्ने अरुण नदीबाहेक सभा, पिलुवा, हेवालगायतका खोलाहरुबाट पनि विद्युत उत्पादन भइरहेको छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement