जगत टमाटालाई ‘न्याभ अवार्ड’

फाल्गुन २५, २०८१ |खेल ब्युरो
जगत टमाटालाई ‘न्याभ अवार्ड’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा ‘न्याभ अवार्ड २०२५’ बाट सम्मानित भएका छन् । आइतबार साँझ मेलवर्नमा आयाेजित विशेष कार्यक्रममा न्याभका अध्यक्ष डा. एकिन्द्र तिमिल्सिना, भिक्टोरिया राज्यका लागि नेपाली वाणिज्य दूत निराजन गाैली लगायतले प्रशिक्षक टमाटालाई सम्मान गरेका हुन् ।

याे अवार्डबाट गत वर्ष नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्मानित गरिएकाे थियाे । त्यस्तै कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल पनि सम्मानित भएका थिए । त्यसअघि पूर्व कप्तान पारस खड्काले पनि याे अवार्ड पाइसकेका छन् । न्याभले अस्ट्रेलियाली दूतावासकाे रहाेवरमा तीन वर्षअघि क्यानसँग गरेकाे सम्झाैताकै निरन्तरताका रूपमा हरेक वर्ष नेपाली क्रिकेटमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएकाे छ ।

भिक्टोरियाका लागि नेपाली वाणिज्य दूत गाैलीले यहाँकाे सबैभन्दा पुरानाे नेपाली संस्था न्याभले सन्चालन गर्ने समुदायलक्षित गतिविधिकाे प्रशंसा समेत गरे ।



Enter Kantipur TV HD
Advertisement