जनताको साथ चाहिए राजनीतिमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती

फाल्गुन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनताको साथ चाहिए राजनीतिमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदानबाट प्राप्त लोकतन्त्रलाई जात, धर्म र भूगोलका नाममा टुक्रा-टुक्रा पार्ने गतिविधि भइरहेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा आइतबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता गतिविधिप्रति सचेत रहन समेत आग्रह गर्नुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजक गतिविधि गरिरहेको भन्दै जनताको साथ चाहिएको भए राजनीतिमा आउन चुनौती दिनुभयो ।

प्रधानमन्त्री ओलीले कांग्रेस–एमालेको मजबुत सरकार भएकाले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गर्दै यो गठबन्धन आगामी चुनावसम्मै कायम रहने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेरै केन्द्र सरकार अघि बढ्ने उल्लेख गर्दै उहाँले निर्धक्क भएर काम गर्न आह्वान गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement