ट्रम्पले ‘ठगी’ भनेका कार्यक्रममा पैसा नआएको अर्थ मन्त्रालयको दाबी

फाल्गुन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
ट्रम्पले ‘ठगी’ भनेका कार्यक्रममा पैसा नआएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले ‘फ्रड’ अर्थात ठगी भनेका कार्यक्रममा कुनै रकम नआएको अर्थ मन्त्रालयले बताएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकले सन् १९५१ देखि नेपालको विकासमा सहयोग गर्दै आएको भए पनि ट्रम्पले फ्रड भनेका जैविक विविधता, प्रदेश र स्थानीय तह शुदृढीकरण जस्ता कार्यक्रम अन्तर्गत अहिलेसम्म रकम प्राप्त नभएको बताएको हो । 

त्यस्तै यूएसएआईडीद्वारा सञ्चालित स्वास्थ्य, शिक्षा र कृषि जस्ता कार्यक्रम कम्तीमा ९० दिनको लागि यसअघि नै स्थगन भइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement