काठमाडौं । सौर्य उर्जा र व्याकअप प्रणालीको नयाँ प्रविधिको बारेमा व्यवसायीलाई जानकारी गराउन इन्डोनेसियाको बालीमा ‘बिजनेस पार्टनर मिटअप-२०२५’ आयोजना गरिएको छ ।
जेनश इनोभेसन लिमिटेड भारत र र्यापिड गुप्र प्रालि तथा टिम्स सिनर्जी प्रालि नेपालको संयुक्त आयोजनामा फेब्रुवरी १३ देखि १९ सम्म कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै सौर्य व्यवसायी दिपक गौतमले यस्ता कार्यक्रमले सौर्य उर्जा र व्याकअप प्रणालीको नयाँ प्रविधिबारे व्यवसायीलाई नयाँ ज्ञान प्राप्त हुने बताउनुभयो । व्यवसायीलाई यस्ता कार्यक्रमले व्यवसायप्रति थप उत्साह थपेको उहाँको भनाई थियो ।
सौर्य व्यवसायी गौतमले व्यवसायका सिलसिलामा व्यवसायीले भोग्नुपरेका समस्या र गुनासोलाई यस्ता कार्यक्रमले सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा भारतको जेनश कम्पनीबाट अनुप श्रीवास्तव र प्रमोद दुवेका साथै नेपालको र्यापिड गुप्र प्रालि र टिम्स सिनर्जी प्रालिको तर्फबाट गणेश पौडेल, नेत्र खत्री, राजु दाहाल, रन्जीव दाहाल र बुद्धिराज तिमल्सिना लगायतको सहभागीता रहेको थियो ।
एक हप्तासम्म चल्ने कार्यक्रममा नेपालबाट ३४ सौर्य व्यवसायीहरूको सहभागीता रहेको छ ।