दुई महिनापछि शेयर बजारमा उच्च अंकको वृद्धि

झन्डै ७० अंक बढ्दा करिब १३ अर्बको कारोबार
माघ २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
दुई महिनापछि शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । शेयर बजार परिसूचक नेप्से २ महिनापछि उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज नेप्से ६९.८० अंकले बढेर दुई हजार ७२७ कायम भएको छ ।

नेप्सेको यो अंक मंसिर २० यताकै उच्च हो । आज कारोबार रकम पनि उच्च भएको छ । गत बिहीबार ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको कारोबार भएको छ । आज २०२ कम्पनीको मूल्य बढ्दा ३७ कम्पनीको भने घटेको छ । 

सबै समूहका सूचक बढेका छन् भने सबैभन्दा धेरै माइक्रोफाइनान्सको ४.९२ प्रतिशत बढेको छ । ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.