काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ३६ अंकले बढेको छ । हिजोको तुलनामा आज कारोबार रकममा पनि वृद्धि भएको छ ।
एकैदिन ५२ अंकले बढेपछि नेप्से परिसूचक २६६५ दशमलव ४५ अंक कायम भएको छ । ९ अर्ब २० करोड ३० लाख रुपैयाँको सेयर आज कारोबार भएको हो ।
हिजो ६ अर्ब १९ करोडको कारोबार भएको थियो । आज १ सय ९६ वटा कम्पनीको मूल्य बढ्दा ३७ वटाको घट्यो भने ९ वटाको स्थिर रह्यो ।