भुक्तानी नदिँदा २ सय बढी काम समस्याग्रस्त भइसके : निर्माण व्यवसायी महासंघ

पुस २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
भुक्तानी नदिँदा २ सय बढी काम समस्याग्रस्त भइसके : निर्माण व्यवसायी महासंघ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माणको भुक्तानी नदिँदा अहिलेसम्म २ सय बढी कामहरु समस्याग्रस्त भएको बताएको छ । शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलामा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले अहिलेसम्म सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिँदा २ सयभन्दा बढी काम समस्याग्रस्त भइसकेको र आगामी असार मसान्तसम्म १५ सय बढी निर्माण ठेक्काहरु समस्याग्रस्त हुने स्थिति रहेको बताउनु भयो । उहाँले लामो समयदेखि निर्माणको भुक्तानी माग गरेको भए पनि सरकारले नदिएको बताउनु भयो ।

उहाँले गत वर्षकै पूरा भुक्तानी सरकारले नदिएको गुनासो गर्नुभयो । यो वर्ष गर्नुपर्ने भुक्तानीहरुको विनियोजित बजेट पनि विनियोजन नहुँदा निर्माण क्षेत्र अस्तव्यस्त भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो वर्ष गर्नुपर्ने भुक्तानीहरुको विनियोजित बजेट पनि गत वर्षको भुक्तानी हुँदै गर्दा समग्रमा निर्माण क्षेत्र अस्तव्यस्त भएको अवस्था छ । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनले म्याद थप लगायतका समस्याहरु सम्बोधन गर्दैगर्दा यो म्याद थप निर्माण उद्योगीको कारणले, कम्पनीको कारणले भन्दा पनि म्याद थप सार्वजनिक खरिदका नियुक्ताहरुले बजेट नभएको कारणले गर्दा, उहाँहरुले समयमा भेरिफिकेसन नगरेको कारणले गर्दा २ सय बढी काम समस्याग्रस्त भएको छ । यो असारसम्म १५ सय वटा कामहरुको समस्यामा पर्छ ।’

अध्यक्ष सिंहले समस्या समाधान कसरी गर्ने भनेर छलफल र निस्कर्ष निकाल्न राष्ट्रिय भेलाको आयोजना गरेको बताउनु भयो । उहाँले सिमेन्ट र डन्डी लगायतका निर्माण सागम्रीहरुमा भएको कालोबजारीको कसरी विरोध गर्ने भन्ने निस्कर्षका लागि पनि भेला बोलाइएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement