कोशी प्रदेशमा ३.१८ प्रतिशतले धानको उत्पादन वृद्धि

पुस २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशमा ३.१८ प्रतिशतले धानको उत्पादन वृद्धि

मोरङ । कोशी प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा ३.१८ प्रतिशतले उत्पादन वृद्धि भएको हो ।

दुई लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमा धान खेती गरेकोमा यस वर्ष ११ लाख ८२ हजार २२१ मेट्रिकटन धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

तराईका जिल्लाहरूमा सबैभन्दा बढी झापा जिल्लामा धान उत्पादन भएको छ । झापामा तीन लाख ८२ हजार ८११ मेट्रिक टन, मोरङमा तीन लाख ३९ हजार तीन मेट्रिक टन उत्पादन भएको छ भने सुनसरी जिल्लामा दुई लाख १७ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष कोशी प्रदेशमा दुई लाख ६९ हजार ९४६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ११ लाख ४५ हजार ७०३ मेट्रिक टन धान उत्पादन भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement