ईसेवाको ‘मेरो डिजिटल देश’ अभियान : अन्जुला घिमिरेलाई काठमाडौंमा घर

मंसिर १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
ईसेवाको ‘मेरो डिजिटल देश’ अभियान : अन्जुला घिमिरेलाई काठमाडौंमा घर

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्नुभएको छ ।

१४ महिना यता जारी यस अभियानमा रोमानिया बस्ने घिमिरेले कान्तिपुर टेलिभिजनमा भएको प्रत्यक्ष प्रसारणमा गोलाप्रथाबाट काठमाडौंमा घर जित्नुभएको हो । उहाँले रोमानिया बाट ईसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रेमिट्यान्स् पठाउनु भएको थियो ।

ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहारस्वरुप काठमाडौंमा घर दिने घोषणा गरेको थियो ।

इसेवा सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको संस्था हो । अघिल्लो वर्ष यसै अभियान अन्तर्गत पूर्णबहादूर श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जित्नुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement