त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रको हवाई इन्धन डिपो मंसिरभित्र सारिने

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रको हवाई इन्धन डिपो मंसिरभित्र सारिने

काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रको हवाई इन्धन डिपो २०८४ मंसिरभित्र स्थानान्तरण गर्ने भएको छ ।

स्थानान्तरणसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन–डीपीआर तयारीका लागि नेपाल आयल निगम र इन्जिनियरिङ अध्ययन संस्थानबीच दुई पक्षीय सम्झौतासमेत भएको छ । सम्झौतामा आयल निगम सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादव र संस्थानका सह-प्राध्यापक नारायण गौतमले हस्ताक्षर गर्नुभयो ।

सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवले २०८४ मंसिरभित्र विमानस्थल परिसरको हवाई इन्धन डिपो स्थानान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो । डीपीआर तयार गर्न १ करोड ९८ लाख लागत लाग्ने जनाइएको छ । गत साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक वर्षभित्र डिपो स्थानान्तरणको काम अघि बढाउन सहमति दिएको थियो ।

सोहीअनुसार आयल निगमले विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डीपीआर तयार पार्ने जिम्मा इन्जिनियरिङ संस्थानलाई दिएको हो । हाल विमानस्थलको डिपो र रनवे बीचको दुरी ९० मिटर मात्र छ । तर अन्तर्राष्ट्रिय उड्डयन निकाय-आईकाओको मापदण्डअनुसार उक्त दुरी १ सय ७२ दशमलव ५ मिटर हुनुपर्छ । सोही अनुसारको डीपीआर तयार गरिने र डिपो स्थानान्तरण हुने आयल निगमले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.