काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडा दरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “दिल्ली, मुम्बई र बेंग्लोर गन्तव्यको भाडा दरमा रु दुई हजार पाँच सयसम्म र दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, ब्यांकक र नारिताका लागि बजार भाडा दरमा रु पाँच हजारसम्म छुट उपलब्ध गराइएको छ ।”